विभिन्न स्थानमा तीन जना मृत फेला
सोमबार, ०८ माघ २०८०, १३ : २४
काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । सुनसरी, डोटी र झापा जिल्लामा उनीहरू मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको हो ।
सुनसरीको धरान उपमहानगरपालिका-६ पानमारी किशानचोकस्थित नालीमा सोही उपमहानगरपालिका-६ शिवालय टोल बस्ने ६४ वर्षीय सन्चवीर लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै डोटीको बडिकेदार गाउँपालिका(२ असुरा बस्ने २२ वर्षीय राजीव मास्की मगर सोही गाउँपालिका(३ स्थित पातलको भिर तल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता झापाको अर्जुनधारा नगरपालिका-६ बिहानीटोलमा हाल नाम, थर, वतन नखुलेका ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण