बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा तीन जना मृत फेला

सोमबार, ०८ माघ २०८०, १३ : २४
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । सुनसरी, डोटी र झापा जिल्लामा उनीहरू मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-६ पानमारी किशानचोकस्थित नालीमा सोही उपमहानगरपालिका-६ शिवालय टोल बस्ने ६४ वर्षीय सन्चवीर लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै डोटीको बडिकेदार गाउँपालिका(२ असुरा बस्ने २२ वर्षीय राजीव मास्की मगर सोही गाउँपालिका(३ स्थित पातलको भिर तल आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यता झापाको अर्जुनधारा नगरपालिका-६ बिहानीटोलमा हाल नाम, थर, वतन नखुलेका ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप