प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको चौथो जित, एपीएफलाई ५८ रनले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको दुई विभागीय क्लबबिचको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको छ ।
जारी प्रतियोगितामा हालसम्म चार खेल खेलेको पुलिस क्लबको यो चौथो जित हो । एपीएफ क्लबले पनि चौथो खेल खेलेको हो । प्रतियोगितामा एपीएफ क्लबको यो दोस्रो हार हो । दुई खेलमा भने एपीएफ क्लब विजयी भएको छ ।
सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४१ ओभरमै अलआउट हुनुअघि एक सय ४५ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने ३४ ओभरमै अलआउट हुनुअघि ८७ रनमात्र बनाउन सक्यो ।
एपीएफ क्लबका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । सन्दीप जोराले अविजित २५ रन बनाए । अमर रौतेलाले टोलीको खातामा २३ रन थपे ।
ओपनर ब्याट्सम्यान प्रज्ज्वल शाहीले १३ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । एपीएफ क्लबका चार ब्याट्सम्यानले त खातासम्म खोल्न सकेका थिएनन् । एपीएफ क्लबले अतिरिक्त रुपमा १५ रन पायो ।
पुलिस क्लबका बलर ललित राजवंशी एक्लैले पाँच विकेट लिए । उनले आठ ओभरमा चार मेडन राख्दै केवल आठ रन खर्चिएका थिए । रासिद खानले पनि दुई विकेट हात पारे । सागर ढकालले पनि एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिस क्लबका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन बनाएका थिए । उनले ६३ बलमा एक छक्का र पाँच चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान अर्जुन साउदले पनि ३१ रन बनाए । विकेटकिपर ब्याट्सम्यान अर्जुनले ५८ बलमा एक छक्का र एक चौका हिर्काएका थिए ।
पुलिस क्लबका लागि शंकरण राणाले पनि २२ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी भने १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । पुलिस क्लबका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
पुलिस क्लबले अतिरिक्त रुपमा १४ रन पाएको थियो । एपीएफ क्लबका बलर भुवन कार्कीले तीन विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै २५ रन खर्चिए । अमर रौतेला र रमेश कुर्मीले पनि दुई–दुई विकेट हात पारे । मौसम ढकाल र रोहित पौडेलले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण