प्रधानमन्त्री कप क्रिकेट : बागमतीले गण्डकी प्रदेशलाई दियो १९९ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बागमती प्रदेशले ४९.१ ओभरमा अलआउट हुनुअघि एक सय ९८ रन बनाएको हो । बागमती प्रदेशका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र इशान पाण्डेले ९० रनको साझेदारी गरेका थिए ।
आशुतोषले पेभेलियन फर्किनुअघि ४४ रन बनाए । उनले ६९ बलको सामना गरी पाँच चौका पनि हिर्काए । अर्का ओपनर इशानले पनि टोलीको खातामा ४३ रन थपे । उनले ६२ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अशोक पौडेलले ३० रन जोडे । उनले ४७ बलमा एक छक्का र एक चौका प्रहार गरेका थिए । सातौँ नम्बरका ब्याट्सम्यान बिपिन आचार्यले पनि टोलीको खातामा ३८ रन थपे । उनले ५४ बलमा चार चौका हिर्काए ।
कप्तान रित गौतम भने १३ बनाउँदै पेभेलियन फर्किए । सूर्य तामाङले पनि १५ रन बनाए । बागमती प्रदेशले अतिरिक्त रुपमा ११ रन पाएको थियो । गण्डकी प्रदेशका बलर कमल परियार एक्लैले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ३१ रन खर्चिए । बिपिन खत्री र अमृत गुरुङले पनि दुई–दुई विकेट हात पारे । सन्दीप पराजुलीले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण