वायु प्रदूषणका कारण हालसम्म ४२ हजार एक सय जनाको मृत्यु
काठमाडौँ । नेपालमा वायु प्रदूषणले स्वास्थ्य समस्या हुँदा हालसम्म ४२ हजार एक सय जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुसार वायु प्रदूषणका कारणले दीर्घाकालीन फोक्सोको रोग, मस्तिष्कघात, मुटुरोग, तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण लगायत समस्याका कारणले ४२ हजार १ सय जनाको मृत्यु भएको हो ।
यस्तै, काठमाडौँमा मात्रै ५ हजार ८० जनाको वायु प्रदूषणका कारणले मृत्यु भएको तथ्यांक छ । वायु प्रदूषणका कारणले विश्वभर ७० लाख जनाको मृत्यु भएको डब्लुएचओले उल्लेख गरेको छ ।
काठमाडौँमा गाडीको उत्सर्जन, फोहोर बाल्ने, इँटा उद्योग, घर भित्रको वायु प्रदूषण, निमार्णका कार्य लगायत कारणले हुने गरेको पाइएको छ । डब्लुएचओले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमको रूपमा लिएको छ ।
काठमाडौँ उपत्यकाको भू–बनौट कचौरा आकारको भएको एवं यहाँको द्रुत सहरीकरणले गर्दा काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा छ ।
विश्व स्वास्थ्य संगठनको अनुसार काठमाडौँको वायुमा पी.एम् २.५ (२.५ माइक्रोनभन्दा साना कण) को वार्षिक औसत मात्रा विश्व स्वास्थ्य संगठनको निर्दिष्ट मान्यताभन्दा १० गुणा बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण