‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
सारांश
- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६२औँ शिशु प्रदर्शनीको अवसरमा 'स्वस्थ शिशु प्रतिस्पर्धा' आयोजना गर्दैछ।
- भदौ ११ गते हुने यस प्रतियोगितामा जन्मदेखि १ वर्षसम्मका बालबालिका सहभागी हुन सक्नेछन्।
- सहभागीका लागि भदौ ८ गतेभित्र १०० रुपैयाँ शुल्कमा दरखास्त फाराम भर्नुपर्नेछ र शिशुहरूलाई उमेर अनुसार तीन समूहमा विभाजन गरिनेछ।
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६२औँ शिशु प्रदर्शनीको अवसर पारेर ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ आयोजना गर्ने भएको छ।
अस्पतालले भदौ ११ गते बिहीबार यो प्रतिस्पर्धा आयोजना गर्न लागेको हो।
प्रतियोगितामा सहभागी हुन जन्मदेखि १ वर्षसम्मका बाल-बालिकाहरूका इच्छुक अभिभावकले भदौ ८ गते दिउँसो २ बजेभित्र दरखास्त फाराम भरिसक्नुपर्नेछ। फारामका लागि अस्पतालको नगद काउन्टरमा फिर्ता नहुने गरी १०० रुपैयाँ शुल्क बुझाएर भौचर संलग्न गर्नुपर्नेछ। फाराम ब्लक ‘ई’ (तेस्रो तल्ला) बालरोग ओपिडी तथा ब्लक ‘सी’ को हेल्प डेस्कबाट प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ।
प्रतिस्पर्धाका लागि शिशुहरूलाई उमेर समूह अनुसार तीन वर्गमा विभाजन गरिएको छ। जसअन्तर्गत जन्मदेखि ४५ दिनसम्मलाई समूह ‘ए’, ४६ दिनदेखि ६ महिनासम्मलाई समूह ‘बी’ र ६ महिना १ दिनदेखि १ वर्षसम्मका शिशुहरूलाई समूह ‘सी’ मा राखिएको छ।
प्रतिस्पर्धामा पुरस्कृत हुने शिशुहरूलाई भदौ १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिन पर्ने अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। थप र विस्तृत जानकारीका लागि अस्पतालको प्रशासनमा सम्पर्क राख्न सकिने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण