राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशबाट महिलामा मनरुपा विजयी
पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए ।
विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् । उनलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । गठबन्धनको स्थानीय तहतर्फ १ सय १ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरेका हुन् ।
स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो । राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनैपनि मत पाएनन् भने प्रदेशसभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे । स्थानीय तहतर्फ बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपाली मतदानमा सहभागी भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण