सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको सहयोगमा निर्माण भएको अस्पताल मार्चमा हस्तान्तर हुने

बिहीबार, ११ माघ २०८०, १७ : २१
बिहीबार, ११ माघ २०८०

 

काठमाडौँ । चीनले सिन्धुपाल्चोकमा बनाइ रहेको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

चिनियाँ दूतावासका अनुसार १६ महिना लगाएर अस्पतालका भवन तयार भइसकेको छ त्यसमा त्यसमा अन्य उपकारण जडान गर्ने काम भइरहेको छ ।

त्यसमा अक्सिजन कन्सेन्ट्रेटर, धुँवा अलार्म र फायर स्प्रिंकलर जडान गरिसकेको छ । मार्चमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी कार्य अगाडि बढी रहेको दूतावासले जनाएको छ ।

सो अस्पताल सञ्चालनमा आएपछि त्यहाँका बिरामीलाई सहयोग पुग्ने विश्वास दूतावासले लिएको छ । सो अस्पतालमा १२० जना स्थानीयले रोजगार पनि पाउने छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप