राष्ट्रियसभा निर्वाचनमा ‘क्लिन स्विप’ पछि गठबन्धनमा उल्लास, तस्बिरहरु

हेटौंडा । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेश अन्तर्गतको ‘क्लिन स्विप’ गरेपछि सत्ता गठबन्धन दलहरुमा उल्लास छाएको छ । बागमती प्रदेश अन्तर्गतका ४ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले विजयी हासिल गरेपछि उम्मेदवार, नेता र कार्यकर्ताहरु उत्सवका रुपमा मनाइरहेका छन् ।
बागमती प्रदेश अन्तर्गतको ४ सिटमा बिहीबार सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जितजंग बस्नेतले अन्य क्लस्टर, विष्णुदेवी पुडासैनीले महिला क्लस्टर र माओवादी केन्द्रका श्रीकृष्ण अधिकारीले अपांगता/अल्पसंख्यक क्लस्टर र एकीकृत समाजवादीका धनश्याम रिजाल विश्वकर्माले दलित क्लस्टरमा विजयी भएका हुन् । बसे क्लस्टरमा एमालेका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी रहेका थिए ।
निर्वाचनमा विजयी भएसँगै सत्ता गठबन्धन दलका कार्यकर्ताहरुले राजनीतिक पार्टी र उम्मेदवारको पक्षमा नाराबाजी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन