राष्ट्रियसभा निर्वाचनमा ‘क्लिन स्विप’ पछि गठबन्धनमा उल्लास, तस्बिरहरु
हेटौंडा । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेश अन्तर्गतको ‘क्लिन स्विप’ गरेपछि सत्ता गठबन्धन दलहरुमा उल्लास छाएको छ । बागमती प्रदेश अन्तर्गतका ४ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले विजयी हासिल गरेपछि उम्मेदवार, नेता र कार्यकर्ताहरु उत्सवका रुपमा मनाइरहेका छन् ।
बागमती प्रदेश अन्तर्गतको ४ सिटमा बिहीबार सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जितजंग बस्नेतले अन्य क्लस्टर, विष्णुदेवी पुडासैनीले महिला क्लस्टर र माओवादी केन्द्रका श्रीकृष्ण अधिकारीले अपांगता/अल्पसंख्यक क्लस्टर र एकीकृत समाजवादीका धनश्याम रिजाल विश्वकर्माले दलित क्लस्टरमा विजयी भएका हुन् । बसे क्लस्टरमा एमालेका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी रहेका थिए ।
निर्वाचनमा विजयी भएसँगै सत्ता गठबन्धन दलका कार्यकर्ताहरुले राजनीतिक पार्टी र उम्मेदवारको पक्षमा नाराबाजी गरेका थिए ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण