राष्ट्रियसभा निर्वाचनमा अप्रत्याशित जित निकालेकी रुक्मिणी को हुन् ?
विराटनगर । देशभरबाट एमाले पराजित भइरहँदा कोशी प्रदेशमा अप्रत्याशित जित निकालेकी ६६ वर्षीय रुक्मिणी कोइराला अब माननीय भएकी छिन् । उनी राष्ट्रियसभामा आगामी ६ वर्षसम्म माननीयको रुपमा काम गर्नेछिन् ।
सुनसरीको इटहरी नगरपालिका २ कि कोइराला २०३१ सालदेखि राजनीतिमा होमिएकी हुन् । त्यसबेला कोइरालाको भूमिका भूमिगत नेताहरुलाई लुकाउने र खानपिनमा सहयोग गर्ने, चिठीपत्र बोक्ने काम गर्थिन् । ‘त्यतिबेला अरुजस्तो रेडियो, टिभी, सञ्चारका माध्यम र साधन पनि थिएनन् । पैदलले संसार घुम्नु पर्थ्यो । त्यस्तो बेलामा चिठीपत्र आदनप्रदान र सेल्टर दिने काम गरिन्थ्यो । त्यहीबाट कम्युनिस्ट भइयो,’ उनले भनिन् ।
कम्युनिस्ट भएपछि विभिन्न आन्दोलनमा सरिक भएकी उनी महत्त्वपूर्ण भूमिकामा भने अहिलेसम्म पुगेकी थिइनन् । ‘पार्टीको आन्दोलन, महिला आन्दोलन, महिला हक अधिकारका निम्ति कसरी लड्ने, अधिकार कसरी दिलाउने भन्ने बारेमा एकदम अग्रसर भएर लागियो,’ उनले भनिन् । कोइराला पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै गर्दा ४६÷४७ सालको जनआन्दोलनमा पनि सहभागी भइन् । उनी हाल प्रदेश समितिको सल्लाहकार तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्जको रुपमा कार्यरत छिन् ।
उनले गठबन्धनकी उम्मेदवार चम्पा कार्कीलाई अप्रत्याशित ढंगले पराजित गर्दै देशैभरिबाट एमालेलाई क्लिनस्विप हुनबाट जोगाइन् । महिलातर्फबाट उम्मेदवार बनेकी उनले सत्ता गठबन्धनकी उम्मेदवार माओवादीकी चम्पा कार्कीलाई पराजित गरेकी हुन् । कोइरालाले ५०८६ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादीकी कार्कीले ४९९२ मत मात्र पाइन् । कोइरालाले ४९ सांसदको मत पाउँदा कार्कीले ४४ जनाको मात्रै पाइन् । यस्तै स्थानीय तहबाट कोइरालाले १३१ जनाको २ हजार ४८९ मत पाउँदा कार्कीले भने १४० जनाको २ हजार ६५० मत पाइन् । गठबन्धनकै ३ जना सांसद र स्थानीय तहका १३ जना प्रतिनिधिले अन्तरघात गर्दा कोइरालाले विजयीको स्वाद चाख्न सफल भएकी हुन् ।
उनले भनिन्, मैले ३२–३३ सालदेखि हिजोदेखि सिकेर आएका कुराहरु, त्यहाँको अनुभवको आधारमा काम गर्ने हो । राष्ट्रियसभामा पनि त्यहाँका मुद्दाहरु के कस्ता हुन्छन् सिकेर, बुझेर, परिस्थितिलाई हेरेर मैले के उठान गर्ने हो भन्ने बारेमा बुझेर काम गर्नेछु । विशेष गरी म महिला आन्दोलनबाट आएको हुनाले त्यसकै बारेमा अगुवा भएर केही गर्न सक्छु भन्ने मलाई लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
-
टर्कीलाई एफ–३५ बेच्ने अमेरिकी योजनाको नेतन्याहूले गरे विरोध
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण