एपीएफलाई हराएर पुलिस आहा राराको क्वाटरफाइलनमा
शुक्रबार, १२ माघ २०८०, १८ : ४१
पोखरा । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको एपिएफसँगको प्रतिस्पर्धामा पुलिस २–० गोल अन्तरले विजयी भएको हो ।
पुलिसका लागि दुवै गोल मानबहादुर परियारले गरेका हुन् । खेलाको १९ औँ मिनेटमा प्रताप गुरुङको प्रहारलाई हेड मार्फत जाली चुमाएका परियारले दोस्रो हाफको ७१ औँ मिनेटमा दोस्रो गोल गरे ।
पटक पटकको अवसरलाई सदुपयोग गर्न नसक्दा एपीएफ प्रिक्वाटरबाटै बाहिरिएको छ । जितसँगै पुलिसले माघ १६ गते चर्च ब्वाइजसँग क्वाटरफाइनल प्रतिस्पर्धा गर्ने छ ।
विदेशी पाहुना टोली भुटानको पारो एफसी र थ्रिस्टारबिच शनिबार पहिलो क्वाटरफाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण