राप्रपाको कार्यदिशा स्पष्ट हुनुपर्छ : नेता लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन् ।
शुक्रबार राप्रपा आन्दोलन परिचालन समितिले गरेको वृहत् आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै नेता लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका हुन् । उनले आन्दोलनमा जाने भए आन्दोलनमा जानुपर्ने र आन्दोलन नगर्ने भए नगरी बस्नुपर्ने बताए । उनले पार्टीको कार्यदिशाको सम्बन्धमा बैठकमा छलफल हुनुपर्ने र बहुमतले पारित गरेको निर्णय लागू हुनुपर्ने बताए ।
नेता लोहनीले राप्रपामा आन्दोलनमा जानुपर्ने मत बलियो भएको भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिए । उनले राप्रपा पनि एमाले, कांग्रेस र माओवादीभन्दा फरक रहेनछ भन्ने स्थितिमा पुर्याउनु नहुनेमा शतर्क रहनुपर्ने बताए । उनले राप्रपाले वैचारिक शक्ति र संगठन निर्माणलाई साथसाथै अगाडि बढाउनुपर्ने बताए ।
छलफलमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजा र हिन्दुराष्ट्रको एजेण्डा लिएर जाँदा देशमा न्यूनतम ३० प्रतिशतदेखि अधिकतम ५० प्रतिशत जनमत आउने बताए । उनले नेताहरुको अवसरवादी चरित्र र खराबिको कारण ५० प्रतिशत जनमत भएको ठाउँमा ५ प्रतिशत मात्रै मत आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमा चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
-
१० बजे १० समाचार : नक्कली भुटानी शरणार्थी प्रकरणको आदेशदेखि मौद्रिक नीतिको व्यवस्थासम्म
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण