एपीएफद्वारा २ सय ८ रनको लक्ष्य प्रस्तुत
शनिबार, १३ माघ २०८०, १३ : १२
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशसामु जीतका लागि २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.२ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनायो ।
एपीएफका लागि ओपनर लोकेश बमले सर्वाधिक ५० रनको योगदान दिए । उनले ६७ बलमा ५ चौका र २ छक्का हिर्काए । त्यस्तै, भुवन कार्कीले ४५ रन तथा प्रदीप ऐरीले ३९ रन बनाए । पुरन बिकले ३० रनको योगदान दिए ।
गण्डकीका लागि कमल परियारले ३ तथा विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण