आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा घरको छतबाट खसेर किशोरीको मृत्यु

शनिबार, १३ माघ २०८०, १५ : ०७
शनिबार, १३ माघ २०८०

बुटवल । दाङको तुलसीपुरमा घरको छतबाट खसेर किशोरीकोको मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएकी किशोरीको उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका– ५ रानी जरुवाकी १८ वर्षीय कमला केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार कमला आफ्नै एक तले घरको छतबाट खसेर शक्त घाइते भएकी थिइन । घाइते केसीको  उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।

तुलसीपुरमा उपचार सम्भव नभएपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजका लागि  रिफर गरिएको  हो । तर उनको बाटाेमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरीक्षक मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप