सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

१२ वी फेल उत्कृष्ट फिल्म, रणवीर–आलिया उत्कृष्ट अभिनेता–अभिनेत्री

सोमबार, १५ माघ २०८०, १३ : ४४
सोमबार, १५ माघ २०८०

नयाँ दिल्ली । १२ वी फेल २०२३ को सर्वाधिक चर्चित हिन्दी फिल्ममा पर्दछ । विक्रान्त मासे र मेधा शंकरको मुख्य भूमिका रहेको यस फिल्मको दबदबा फिल्मफेयर अवार्डको पछिल्लो संस्करणमा पनि देखियो ।

आइतबार राति गुजरातको गिफ्ट सिटीमा आयोजना भएको ६९ औं फिल्मफेयर अवार्ड कार्यक्रममा फिल्मले सर्वश्रेष्ठ फिल्मको उपाधि हात पार्यो । विधु विनोद चोपडाको निर्देशनमा बनेको यो फिल्मले अन्य श्रेणीमा पनि अवार्ड हात पार्यो । निर्देशक विदु विनोदले सर्वश्रेष्ठ निर्देशकको अवार्ड पाएका छन् । उत्कृष्ट स्क्रिनप्ले र उत्कृष्ट मुभी एडिटिङको श्रेणीमा पनि १२ वी फेलले नै उपाधि उचाल्यो ।

विक्रान्तले सर्वश्रेष्ठ क्रिटिक्स अभिनेताको अवार्ड पाए । कम बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा व्यापक कमाइ गरेको थियो । दर्शकका साथसाथै समीक्षकहरुबाट पनि फिल्मले निकै प्रशंसा पाएको थियो । आईएमडीमा यो फिल्म सबैभन्दा धेरै रेटिङ पाउने भारतीय फिल्मका रुपमा रहेको छ ।

एनिमलमा जबर्जस्त भूमिका निर्वाह गरेका रणबीर कपुरले सर्वश्रेष्ठ अभिनेताको अवार्ड पाएका छन् । आलिया भट्टले भने रकी और रानीकी प्रेम कहानीका लागि सर्वश्रेष्ठ अभिनेत्री बनिन् । बेष्ट डाइलगको उपाधी रकी और रानीकी प्रेम कहानीका लागि इशिता मोइत्राले पाइन् । यहि फिल्मबाट सबाना आजमीले बेष्ट सर्पोटिङ एक्ट्रेसको उपाधि जितिन् ।

अक्षयकुमार र पंकज त्रिपाठीको ओएमजी–३ ले बेष्ट स्टोरीको अवार्ड पायो । पठानको बेशरम रंग गितका लागि शिल्पा रावले बेष्ट फिमेल प्लेब्याक सिंगरको अवार्ड पाइन् । एनिमलको अर्जन वैली गित गाउने भूपेन्द्र बब्बलले बेष्ट प्लेब्याक सिंगर मेलको अवार्ड पाए ।

फिल्म क्षेत्रमा दिएको योगदानका लागि निर्देशक डेविड धवनले लाइफ टाइम अचिभमेन्ट पुरस्कार दिइएको थियो । विक्की कौशलले डंकीका लागि बेष्ट एक्टर इन सपोर्टिङ रोलको उपाधि पाए । सर्वश्रेष्ठ क्रिटिक्स अभिनेत्री अवार्ड रानी मुखर्जी र शेफाली शाहलाई संयुक्त रुपमा दिइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप