सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिएको जानकारी प्रदेश सरकारलाई दिइयो
सोमबार, १५ माघ २०८०, १७ : २६
धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी संसदीय दलको नेता फेरिएको जानकारीपत्र प्रदेश सरकारलाई दिइएको छ । प्रदेशसभा सचिवालय धनगढीले सोमवार माओवादी संसदीय नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको हो ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी संसदीय दलको नेता मानबहादुर धामी रहेको जानकारी गराएका हुन् ।
उनले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई हटाइएर उक्त जिम्मेवारीमा धामीलाई चयन गरिएको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराएका हुन् । गएको शुक्रवार माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउने निर्णय गरेका थिए । ११ जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले सो निर्णय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण