मनाङलाई हराएर जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा
पोखरा । मनाङ मस्र्याङ्दी क्लबलाई घरेलु मैदानमा हराएर जावलाखेल यूथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको स्पर्धामा सडन डेथमा जावलाखेलले मनाङलाई ७–६ गोल अन्तरले हराएको हो ।
सडन डेथमा मनाङका रणदीप पौडेलको प्रहार जावलाखेलका गोल रक्षक युनेष चौधरीले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए । पहिलो ५ पेनाल्टीमा दुवै पक्षबाट ४–४ गोलको बराबरी भयो । ७–७ पेनाल्टीमा समान ६ गोल भयो । जावलाखेलका शिशिर लेखीले ६–५ को स्थितिमा ल्याए ।
लगत्तै मनाङका रक्षक जियारथ शेखले प्रहार गरेर ६–६ को स्थितिमा पुर्याए । अनि आए, जावलाखेलका प्रदीप बुढाथोकी । उनको प्रहार ७–६ को स्थितिमा आउँदा मनाङका रणदीपको नवौं पेनाल्टी प्रहार गोल रक्षक युनेषले रोकिदिए ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटमा दुवै टिमबाट गोल नभएपछि टाई ब्रेकरमा पुग्यो ।
९० मिनेटको खेलमा जावलाखेलले ५५ औँ मिनेटमा सुदीप श्रेष्ठको गोल मार्फत अग्रता लियो । मनाङका राजेश परियारले ८९ औँ मिनेट गोल फर्काएर बराबरीमा पुर्याए ।
निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ मस्र्याङ्दीलाई सडन डेथको सिकार बनाउँदै जावलाखेलले थ्रिस्टारसँग भेट सुनिश्चित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण