साढे १७ अर्बको तरकारी भित्रियो
मङ्गलबार, १६ माघ २०८०, १५ : ००

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा साढे १७ अर्बको तरकारी भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १७ अर्ब ५० करोड १७ लाख ६७ हजार रुपैयाँ तरकारी आयात भएको हो ।
सो तरकारी आर्यात गर्दा नेपालबाट पनि केही मात्रामा निर्यात भएको विभागको तथ्यांकमा देखिन्छ । नेपालबाट ४९ करोड ८१ लाख ४५ हजार रुपैयाँको तरकारी निर्यात भएको छ । नोपलले चालु आर्थिक वर्षमा तरकारीको कारोबारमा १७ अर्ब ३६ लाख २१ हजार व्यापार घाटा बेहोरेको छ ।
सरकारले तरकारीको अन्तराष्ट्रिय कारोबारबाट २ अर्ब ९२ करोड ८८ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालमा चीन, भारत लगायत मुलुकबाट अधिक मात्रामा तरकारी आयात गर्छ भने, तीनै मुलुकमा केही तरकारी निर्यात हुने विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कम्पनी नवीकरण गर्न योगदानको प्रमाण चाहिने
-
महिलाविरुद्ध हुने हिंसा र शोषणको अन्त्य गरिने
-
धौवादी फलाम उद्योगलाई निजी साझेदारी मोडलमा सञ्चालन गर्ने घोषणा
-
स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता
-
आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदमा पेस
-
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन