साढे १७ अर्बको तरकारी भित्रियो
मङ्गलबार, १६ माघ २०८०, १५ : ००
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा साढे १७ अर्बको तरकारी भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १७ अर्ब ५० करोड १७ लाख ६७ हजार रुपैयाँ तरकारी आयात भएको हो ।
सो तरकारी आर्यात गर्दा नेपालबाट पनि केही मात्रामा निर्यात भएको विभागको तथ्यांकमा देखिन्छ । नेपालबाट ४९ करोड ८१ लाख ४५ हजार रुपैयाँको तरकारी निर्यात भएको छ । नोपलले चालु आर्थिक वर्षमा तरकारीको कारोबारमा १७ अर्ब ३६ लाख २१ हजार व्यापार घाटा बेहोरेको छ ।
सरकारले तरकारीको अन्तराष्ट्रिय कारोबारबाट २ अर्ब ९२ करोड ८८ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालमा चीन, भारत लगायत मुलुकबाट अधिक मात्रामा तरकारी आयात गर्छ भने, तीनै मुलुकमा केही तरकारी निर्यात हुने विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण