सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका महिला सांसद तथा नेतालाई प्रशिक्षण दिँदै जसपा

मङ्गलबार, १६ माघ २०८०, १७ : ०५
मङ्गलबार, १६ माघ २०८०

धनुषा ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशअन्तर्गतका पार्टीका महिला सांसद, पार्टीका महिला पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिन थालेको छ ।

 जनकपुरस्थित रमण टावरमा आजदेखि सुरु दुई दिवसीय प्रशिक्षणमा करिब एक सय प्रतिनिधि सहभागी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा समाजवादी महिला संघका केन्द्रीय पदाधिकारी, मधेश प्रदेशका महिला पदााधिकारी, जिल्लाका प्रतिनिधि तथा महिला जनप्रतिनिधि सहभागी छन् ।

संघीयता, सुशासन, सामािजक न्याय र समाजवादलगायतका विषयमा प्रशिक्षण दिइने छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु प्रशिक्षक छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप