शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकामा बन्यो बाबा रामदेवको मैन मूर्ति

मङ्गलबार, १६ माघ २०८०, १७ : ५२
मङ्गलबार, १६ माघ २०८०

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित मदाम तुसाद संग्राहलयमा भारतीय योगगुरु बाबा रामदेवको मैनको मूर्ति राखिएको छ । वृक्षासनमा रहेको उक्त मूर्ति हालै अनावरण गरिएको छ । 

संग्राहलयमा रामदेवको मूर्ति राखिनुलाई उनीप्रति मात्रै नभएर योग र आयुर्वेदप्रति सम्मानका रुपमा हेरिएको दिल्लीमा एक कार्यक्रममा रामदेवले भनेका थिए ।

संग्राहलयमा बलिउड हलिउडका सेलिब्रेटी विश्व चर्चित राजनीतिज्ञको मूर्तिको बिचमा अब योगगुरुको मूर्ति पनि देख्न पाइनेछ । दिल्लीमा आयोजित एक कार्यक्रममा रामदेवले मूर्तिको प्रतिमूर्तिको निधारमा टिका लगाएका थिए । 

विश्वका २०० चर्चित व्यक्तित्वहरुको माझमा आफूलाई संग्राहलयले सम्मान दिएकोमा उनले कृतज्ञता व्यक्त गरेका थिए । आफ्नो मैनको मूर्ति बनाउन रामदेवले सन् २०१८ मा लन्डनस्थित मडाम तुसाद संग्राहलयको एक टोलीलाई आफ्ना केही फोटो र नाप दिएका थिए ।

संग्राहलयमा राखिएको मैन मूर्तिका कयौँ तस्बिर उनले आफ्नो ट्विटर एकाउन्टमा शेयर पनि गरेका थिए । आफ्नो मैनको मूर्ति बनाउने कुरा सुनेर शुरुमा रामदेव हिच्किचाएका थिए । न्यूयोर्कको मदाम तुसादमा महात्मा गान्धी, प्रियंका कार्की, रणबीर सिंह, वरुण धवन, करिना कपुर, सलमान खान र कट्रिना कैफ लगायत भारतीय हस्तिहरूको मूर्ति छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप