शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसँग फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट

बुधबार, १७ माघ २०८०, १५ : ०९
बुधबार, १७ माघ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा मार्टिन सुल्जले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबिच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे । 

उनले फ्रेडरिक एबर्ट स्टिफटुङले काठमाडौँस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुसी समेत व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप