राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट नौजना सम्मानित, रेग्मीलाई खेलकुद पत्रकारिता पुरस्कार
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले बुधबार विभिन्न खेलका खेलाडीसहित प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी नौजनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ ।
सम्मानित हुने खेलाडीमा मेनुकाकुमारी राजवंशी (कबड्डी), नविता श्रेष्ठ (टेबलटेनिस), शिवसुन्दर गोथे (टेबलटेनिस), एरिका गुरुङ (कराँते), शुभश्री श्रेष्ठ (टेबलटेनिस) र पलेशा गोवर्धन (पारा तेक्वान्दो) छन् ।
प्रशिक्षकमा पार्वती राई (कबड्डी), निर्णायकमा तेजेन्द्रसिंह महरा (टेबलटेनिस) र फिजियो थेरापिस्ट आविस्कार पुडासैनै (फुटबल) रहेका छन् । सम्मानित सबैलाई जनही एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो ।
उनीहरुलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सोही अवसरमा राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई सम्मान गरियो । रेग्मीलाई युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट प्राप्त आवेदनको मूल्यांकनका आधारमा छनोट गरी ५० हजार नगदसहित प्रशंसापत्रबाट सम्मान गरेको हो ।
रेग्मी लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय छन् । त्रिभुवन विश्व विद्यालयबाट पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर गरेका रेग्मीले २०६० सालमा राष्ट्रिय समाचार समितिबाट प्रशिक्षार्थाी पत्रकारको रुपमा पत्रकारिता सुरु गरेका थिए । त्यसपछि लामो समय अन्नपूर्ण पोस्ट् दैनिकमा काम गरेका उनी हाल गोरखापत्र अनलाइनमा कार्यरत छन् ।
यसैगरी मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ बागमती प्रदेशबाट गोविन्दराज नेपाल (अनलाइनखबर), कोशी प्रदेशबाट हरिप्रसाद कोइराला (गोरखापत्र दैनिक), मधेस प्रदेशबाट तिवारी यादव (नयाँ पत्रिका), गण्डकी प्रदेशबाट रोहितराज पराजुली (नयाँ पत्रिका), लुम्बिनीबाट रिखीराम जिसी (समाधान दैनिक), कर्णाली प्रदेशबाट नन्दराम जैसी (हिमालयन टाइम्स), सुदूरपश्चिम प्रदेशबाट नवाज पनेरु (बाह्रखरी अनलाइन) र महिलाबाट दैलेखकी रजनीकुमारी योगी (गोरखापत्र) लाई सम्मान ग¥यो ।
प्रोत्साहन पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण