सांसदहरुको भारत भ्रमण : दुई देशबिचको सम्बन्धबारे छलफल
बुधबार, १७ माघ २०८०, २२ : १९

काठमाडौँ । भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज भारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ ।
नयाँदिल्लीमा भएको उक्त भेटमा दुवै पक्षले ऐतिहासिक एवं बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा दुवै देशका जनताबीचको सम्पर्कलाई घनीभूत बनाउनेबारे छलफल गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।
आजै नेपाली प्रतिनिधिमण्डलले लोकसभाका अध्यक्ष ओमवीर लकोटासँग भेटवार्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड