लिभरपुलका डार्विन नुनेजले तोडे प्रिमियर लिगमा ‘उडवर्क’ को कीर्तिमान
काठमाडौँ । लिभरपुलका स्ट्राइकर डार्विन नुनेजले इङ्लिस प्रिमियर लिगमा ‘उडवर्क’ को कीर्तिमान तोडेका छन् । २४ वर्षीय नुनेज प्रिमियर लिगको इतिहासमा एउटै खेलमा चारपटक ‘उडवर्क’ प्रहार गर्ने एकमात्र खेलाडी बनेका छन् ।
फुटबल खेलमा कुनै पनि खेलाडीले गरेको प्रहार गोल पोष्टको क्रसबार वा दाया–बायाँको पोलमा गएर ठोक्किएको अवस्थालाई ‘उडवर्क’ भनिन्छ । अर्थात, कुनै पनि खेलाडीले गरेको प्रहार थोरै अन्तरले गोलमा परिणत हुनबाट जोगिएको अवस्था ।
उरुग्वेको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका नुनेजले बुधबार राति सम्पन्न चेल्सीविरुद्धको खेलमा चारपटक ‘उडवर्क’ प्रहार गरेका थिए । उनले चारपटक गरेको कलात्मक प्रहार गोल पोष्टमा ठोक्किएको थियो ।
यद्दपि, उक्त खेलमा नुनेजको टोली लिभरपुलले चेल्सीलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको थियो । लिभरपुललाई महत्वपूर्ण जित दिलाउन डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुइस डियाजले एक–एक गोल गरेका थिए ।
इङ्लिस प्रिमियर लिगमा सन् २००२ देखि ‘उडवर्क’ को तथ्याङ्क राख्न थालिएको हो । त्यसयता कुनै पनि खेलाडीले एउटै खेलमा चारपटक ‘उडवर्क’ प्रहार गरेका थिएनन् । चेल्सीविरुद्धको खेलका क्रममा नुनेजको चारवटा प्रहार पोष्टमा ठोक्किए पनि उनले उपलब्ध गराएको एउटा पास भने गोलमा परिणत भएको थियो । उनले लुइस डियाजलाई गोलका लागि पास उपलब्ध गराएका थिए ।
चेल्सीविरुद्धको जितसँगै तालिकाको शीर्ष स्थानमा आसिन लिभरपुलले आफ्नो निकट्तम प्रतिद्वन्द्वीसँग पुनः पाँच अंकको अग्रता बनाएको छ । लिभरपुलले २२ खेलबाट ५१ अंक बटुलेको छ । तालिकाको दोस्रो स्थानमा आसिन म्यानचेस्टर सिटीको २१ खेलबाट ४६ अंक छ ।
नुनेजभन्दा अगाडि प्रिमियर लिगको एउटै खेलमा चारजना खेलाडीले तीन–तीनपटक ‘उडवर्क’ प्रहार गरेका छन् । यसअघि जे जे ओकोचा, क्रिस्टियानो रोनाल्डो, टिमो वेर्नर र लिएन्ड्रो ट्रोसार्डले एउटै खेलमा तीन–तीनपटक ‘उडवर्क’ प्रहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण