सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राजदूतद्वारा बालेनलाई अमेरिका भ्रमणको निम्तो

बिहीबार, १८ माघ २०८०, १६ : ३०
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)  सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । सो क्रममा राजदूतले बालेनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । 

भेटका क्रममा प्रमुख शाहले आपसी कार्यक्रमका रुपमा  आइटी (सूचना प्रविधि) को तालिम चलाउन सकिने धारणा राखेका थिए । ‘यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन्’, उनको भनाइ थियो । 

 यससँगै उनीहरु विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्ने बालेनको धारणा थियो ।  प्रमुख शाहले युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौँले काम गरिरहेको समेत जानकारी दिएका थिए । यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतबासले सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेको शाहले बताए । 

भेटका क्रममा राजदूत थम्प्सनले भने, ‘हामी यहाँका सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन तथा यस्ता कार्यक्रममा अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक छौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप