व्यवसायीलाई छापामार शैलीमा धरपकड गर्न हुँदैन : अध्यक्ष अग्रवाल
बिहीबार, १८ माघ २०८०, १८ : ३२
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सूचना नै नदिएर व्यवसायी पक्राउ गर्न नहुने बताएका छन् । बिहीबार परिसंघको आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले छापामार शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताएका हुन् ।
‘व्यवसायी बसिरहेको समयमा घरमा पुगेर पक्राउ गर्न हुँदैनथ्यो,’ उनले भने, ‘प्रतिष्ठित व्यवसायीको मानमर्दन भएको छ । यसबाट लगानीको वातावरण बिग्रन्छ । व्यवसायीले कारबाही गरेको भएमा कानूनीमाध्यमबाट अदालती प्रक्रियाबाट प्रमाणित भएपछि पक्राउ गर्नपर्थ्यो ।’
तर, सूचना नै नदिएर हठातरुपमा पक्राउ गर्नु गलत भएको अग्रवालले बताए । यो शैलीबाट उद्योगी व्यवसायीको मानमर्दन हुने र लगानीको वातावरण नै बिग्रने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण