मेस्सीको क्लब इन्टर मियामी रोनाल्डोको अल नासरसँग पराजित
काठमाडौँ । साउदी अरेबिया भ्रमणमा रहेको लियोनल मेस्सीको इन्टर मियामीले क्रिष्टियानो रोनाल्डोको टिम अल नासरसँग लज्जास्पद हार व्यहोरेको छ । बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा नासरसँग मियामी ६–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए । ओटाभियोले तेस्रो मिनेटमै गोल गर्दै अल नासरलाई अग्रता दिलाए ।
टालीस्काले १०औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दा नासरले अग्रता दोब्बर बनायो । आइमेरिकले १२ औँ मिनेटमा तेस्रो गोल गरेका थिए । पहिलो हाफमा ३ गोल गरेको नासरले दोस्रो हाफमा अरु ३ गोल थप्न सफल भयो ।
५१ औँ मिनेटमा पेनाल्टी प्रहार गर्दै टालीस्काले ब्यक्तिगत दोस्रो गोल गर्दा अल नासर ४ गोलले अघि बढ्न सफल भयो । ६८ औँ मिनेटमा मोहमद मरानले गोल थपेका थिए । ७३ औँ मिनेटमा मोहमद मरानले गोल गरेपछि अल नासर ६–० को फराकिलो अन्तरले विजयी भयो ।
इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो । यसअघि इन्टर मियामी अल हिलालसँग पनि पराजित भएको थियो । यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४औ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । मेसीले लियोनार्दो कमपानालाई रिप्लेस गरेर मैदान प्रवेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण