उल्भ्सविरुद्ध म्यानचेस्टर युनाइटेडको कठिन जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ । नेपाली समय अनुसार शुक्रबार बिहान सकिएको खेलमा युनाइटेडले उल्भ्सलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । सुरुमा २ गोलको अग्रता लिएको युनाइटेडले अन्त्यमा जोगाउन निकै कठिन परेको थियो ।
पाँचौँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । रासमुस विन्थरले २२ औँ मिनेटमा युनाइटेडको अग्रता दोब्बर बनाए ।
७१ औँ मिनेटमा वुल्भ्सले पेनाल्टीमा गोल गर्दै खेलमा फर्किएको थियो । पाब्लो सर्बियाले गोल गरेपछि अन्तर २–१ मा झरेको थियो । ७५ औँ मिनेटमा स्कट म्याक्टोमेनीले गोल गर्दै युनाइटेडलाई ३–१ ले अघि बढाए ।
८५ औँ मिनेटमा वुल्भ्सका म्याक्स किलम्यानले गोल गर्दै वुल्भसलाई २–३ को अवस्थामा ल्याएका थिए । दोस्रो हाफको अतिरिक्त पाँचौँ मिनेटमा पेड्रो नेटोले गोल गरेपछि वुल्भ्सले खेल ३–३ को बराबरी गरेको थियो ।
तर, त्यसको २ मिनेटपछ युनाइटेडका कोवी मिनओले गोल गरेपछि नतिजा ४–३ को निस्कियो । जितसँगै युनाइटेड प्रिमियर लिगको सातौं स्थानमा छ । पराजित भको वुल्भ्स भने ११ औँ स्थानमा छ ।प्रिमियर लिगकै अर्को खेलमा वेस्टह्याम र बर्नमाउथले भने एक एक गोलको बराबरी खेल्दै एक एक अंक तालिकामा थपेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण