आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरु पनि मिटरब्याजी नै हुन् : अध्यक्ष ओली

शुक्रबार, १९ माघ २०८०, ११ : ५१
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बैंक पनि मिटरब्याजी नै भएको बताएका छन् । शुक्रवार एमाले निकट बैंक, बीमा तथा वित्तीय कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बैंक पनि मिटरब्याजी रहेको बताएका हुन् ।

‘मैले सुन्छु बिमाले रकम खायो, बैंक पनि मिटरब्याजी भयो । अरुले नकमाउने तर बैंकले कमाउने त्यो तरिका के हो ? त्यसैले बैंक पनि मिटरब्याजी नै हो’, अध्यक्ष ओलीले तीन तीन महिनामा ब्याज साउमा गाभेर रकम असुल्ने गरेकाले त्यो पनि मिटरब्याज नै भएको बताए । उनले आफ्नो मात्रै मर्का हेरेर बैंकहरु चल्ने गरेको भन्दै ऋणीहरू मरेको मर्यै भएको बताए ।

‘कसैले डिपोजिट गरिदिएन भने कसरी बैंक बन्छ ?’, अध्यक्ष ओलीले प्रश्न गरे । उनले बैंकको अलवा बीमा तथा अन्य वित्तीय क्षेत्रबारे थुप्रै प्रश्नहरू उठेको भन्दै यसबारेमा यथार्थ दृष्टिकोण आउनुपर्ने बताए । बैंक विकासका सहयोगी हुनुपर्ने भन्दै नाफाखोर हुन नहुने ओलीको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप