औपचारिक रुपमै नेपाल भित्रियो ‘ओमोडा ई–५’, मूल्य ५९ लाख ४९ हजार
काठमाडौँ । औपचारिक रुपमै नेपाली बजारमा चिनियाँ विद्युतीय कार ओमोडा भित्रिएको छ । सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले ओमोडा ब्राण्डलाई नेपाल भित्र्याएको हो । कम्पनीले पहिलो चरणमा ओमोडाको ई–५ मोडल नेपाल ल्याएको छ ।
शुक्रबार एक विशेष कार्यक्रमकाबीच कम्पनीले उत्तरढोका स्थिति नयाँ शोरुममार्फत ओमोडा ई–५ सार्वजनिक गरेको हो ।
६१ किलोवाट ब्याट्री क्षमतामा आएको ओमोडा ई–५ उत्कृष्ट ९९ किलोवाटपावरसहितलग्जरियस् सुविधामा आएको छ । ई–५ ले फूल चार्जमा ५३० किलोमिटरको उच्च रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
ओमोडा ई–५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, सोनिको प्रिमियम ८ वटा स्पिकरसहितको क्रोम डोर ह्याण्डल, इलेक्ट्रिक सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर उपलब्ध छन्।

यसका अतिरिक्त कारमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट लगायत १७ बढी एड्भान्स सेफ्टी फिचर उपलब्ध गराएको छ ।
सोही रेञ्जका ईभीमा बजारमा उपलब्ध बीवाईडी अट्टो–३ सँग ओमोडा ई–५ को राम्रै प्रतिस्पर्धा हुने देखिन्छ । ओमोडा ई–५ को बजार मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
ओमोडा ई–५ को ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । जुन नेपाली सडक सुहाउँदो मान्न सकिन्छ ।
उत्तरढोकामा शोरुम राखेर गाडीको बुकिङ्ग लिन सुरु गरेको कम्पनीले सीतापाइलामा आफ्नै प्राविधिक सर्भिस सेन्टर राखेको जनाएको छ । सोही अवसरमा एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक गौरव सारडाले केही महिनाभित्रै देशभर १२ देखि १५ वटा शोरूम विस्तार गरिने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण