सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको शेर्पालुङ राष्ट्रिय समिति पुनर्गठन

शनिबार, २० माघ २०८०, ०८ : ०४
शनिबार, २० माघ २०८०

दोलखा । जनता समाजवादी पार्टी (जसपा) नेपालको शेर्पालुङ राष्ट्रिय समिति (बागमती प्रदेश) पुनर्गठन भएको छ । शुक्रबार दोलखाको जिरीमा आयोजित कार्यक्रमबाट दावा शेर्पाको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा नुर्बु शेर्पा, दिर्घमान तामाङ, ल्हमु शेर्पा र मुख्यसचिव महेशकुमार राना मगर सचिव फुर्पु छिरिङ ल्होमी, राज लामा शेर्पा र कोषाध्यक्षमा दोर्जे शेर्पा गोरे चयन भएका छन् ।

त्यस्तै सोही कार्यक्रमबाट समितिको कार्यकारिणी सदस्यमा सोनाम टासी शेर्पा, सार्की शेर्पा, काले शेर्पा पिनासा र छोङ्बा शेर्पालाई मनोनयन गरिएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले नवगठित समितिसहितका नेता, कार्यकर्ताहरूलाई आज प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप