जसपाको शेर्पालुङ राष्ट्रिय समिति पुनर्गठन
शनिबार, २० माघ २०८०, ०८ : ०४
दोलखा । जनता समाजवादी पार्टी (जसपा) नेपालको शेर्पालुङ राष्ट्रिय समिति (बागमती प्रदेश) पुनर्गठन भएको छ । शुक्रबार दोलखाको जिरीमा आयोजित कार्यक्रमबाट दावा शेर्पाको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा नुर्बु शेर्पा, दिर्घमान तामाङ, ल्हमु शेर्पा र मुख्यसचिव महेशकुमार राना मगर सचिव फुर्पु छिरिङ ल्होमी, राज लामा शेर्पा र कोषाध्यक्षमा दोर्जे शेर्पा गोरे चयन भएका छन् ।
त्यस्तै सोही कार्यक्रमबाट समितिको कार्यकारिणी सदस्यमा सोनाम टासी शेर्पा, सार्की शेर्पा, काले शेर्पा पिनासा र छोङ्बा शेर्पालाई मनोनयन गरिएको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले नवगठित समितिसहितका नेता, कार्यकर्ताहरूलाई आज प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण