सातामा १५ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो
काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा १ हजार ५०० रुपैयाँले मूल्य बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार ५०० रुपैयाँ बढेको महासङ्घले जानकारी दिएको हो ।
महासङ्घका अनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम छ । यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य त्यसयता भने निरन्तररुपमा बढेको थियो ।
यस्तै, यो साता चाँदीको मूल्य समेत बढेको छ । महासङ्घका अनुसार यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर कारोबारमा आएको जनाइएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो । जुन, यो साता १४ सय १५ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा ९ जना सम्मानित
-
नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अध्यक्षमा पाण्डे
-
ब्याडमिन्टन सङ्घ कञ्चनपुरको अध्यक्षमा भट्ट
-
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक
-
भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने
-
राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ वैशाखमा