सातामा १५ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो
काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा १ हजार ५०० रुपैयाँले मूल्य बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार ५०० रुपैयाँ बढेको महासङ्घले जानकारी दिएको हो ।
महासङ्घका अनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम छ । यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य त्यसयता भने निरन्तररुपमा बढेको थियो ।
यस्तै, यो साता चाँदीको मूल्य समेत बढेको छ । महासङ्घका अनुसार यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर कारोबारमा आएको जनाइएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो । जुन, यो साता १४ सय १५ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण