एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने
काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनका लागि कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।
कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको १८९ औं बैंठकले आर्थिक वर्ष २०७९÷८० को सञ्चित नाफाबाट प्रस्तावित लाभांश वितरण पश्चात कायम हुने चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ ।
जसमा बोनस सेयर बापत ७.७५ प्रतिशत (२४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ) र कर प्रयोजन बापत ०.७५ प्रतिशत (१ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ) वितरणपछि कम्पनीको कूल चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ ।
यसमा थप ४२ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ ९४ पैसा बराबर हकप्रद जारी भएपछि कम्पनीको चुक्ताुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ ९४ पैसा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल
-
स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकारका मन्त्रीहरूको कामभन्दा स्टन्ट बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण