सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने

आइतबार, २१ माघ २०८०, ११ : १२
आइतबार, २१ माघ २०८०

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनका लागि कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने भएको हो । 

कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको १८९ औं बैंठकले आर्थिक वर्ष २०७९÷८० को सञ्चित नाफाबाट प्रस्तावित लाभांश वितरण पश्चात कायम हुने चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।  हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ ।

जसमा बोनस सेयर बापत ७.७५ प्रतिशत (२४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ) र कर प्रयोजन बापत ०.७५ प्रतिशत (१ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ) वितरणपछि कम्पनीको कूल चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ । 

यसमा थप ४२ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ ९४ पैसा बराबर हकप्रद जारी भएपछि कम्पनीको चुक्ताुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ ९४ पैसा पुग्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप