बढ्यो कन्डम आयात, ६ महिनामा २ करोड पिस भित्रिँदा १२ करोड बाहिरियो
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा विदेशबाट झन्डै २ करोड वटा कन्डम भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा १ करोड ९८ लाख ९० हजारभन्दा धेरै वटा कन्डम आयात भएको हो ।
यो सङ्ख्याको कन्डम आयातमा नेपालबाट १२ करोड ९१ लाख ८७ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, उक्त मूल्य बराबरको करोडौँ सङ्ख्याको कन्डम भित्रिँदा राज्य कोषमा २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
नेपालमा सबैभन्दा धेरै भारतबाट आयात हुने गरेको छ । भारतबाट ११ करोड ८० लाख ५६ हजार रुपैयाँको कन्डम भित्रिएको छ । यो मूल्य बराबरको १ करोड ९१ लाख ४० हजार वटा कन्डम भारतबाटै भित्रिएको तथ्याङ्कले देखाएको छ ।
यसपछि, कोरियाबाट साढे ५२ लाख रुपैयाँको आयात हुँदा मलेसियाबाट साढे ३३ लाख र चीनबाट २५ लाख ४० हजार रुपैयाँको कन्डम भित्रिएको छ । तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा २ करोड रुपैयाँभन्दा धेरैले कन्डम आयात बढेको छ ।
गत आर्थिक वर्षमा १० करोड १२ लाख ३१ हजार रुपैयाँको भित्रिएको थियो । उक्त अवधिमा १ करोड ९१ लाख ७९ हजार वटा कन्डम भित्रिएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण