आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो कन्डम आयात, ६ महिनामा २ करोड पिस भित्रिँदा १२ करोड बाहिरियो

सोमबार, २२ माघ २०८०, १२ : १८
सोमबार, २२ माघ २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा विदेशबाट झन्डै २ करोड वटा कन्डम भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा १ करोड ९८ लाख ९० हजारभन्दा धेरै वटा कन्डम आयात भएको हो ।

यो सङ्ख्याको कन्डम आयातमा नेपालबाट १२ करोड ९१ लाख ८७ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, उक्त मूल्य बराबरको करोडौँ सङ्ख्याको कन्डम भित्रिँदा राज्य कोषमा २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

नेपालमा सबैभन्दा धेरै भारतबाट आयात हुने गरेको छ । भारतबाट ११ करोड ८० लाख ५६ हजार रुपैयाँको कन्डम भित्रिएको छ । यो मूल्य बराबरको १ करोड ९१ लाख ४० हजार वटा कन्डम भारतबाटै भित्रिएको तथ्याङ्कले देखाएको छ ।

यसपछि, कोरियाबाट साढे ५२ लाख रुपैयाँको आयात हुँदा मलेसियाबाट साढे ३३ लाख र चीनबाट २५ लाख ४० हजार रुपैयाँको कन्डम भित्रिएको छ । तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा २ करोड रुपैयाँभन्दा धेरैले कन्डम आयात बढेको छ ।

गत आर्थिक वर्षमा १० करोड १२ लाख ३१ हजार रुपैयाँको भित्रिएको थियो । उक्त अवधिमा १ करोड ९१ लाख ७९ हजार वटा कन्डम भित्रिएको तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप