घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारयता सुनको मूल्य १ हजार ५०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।
महासंघका अनुसार आज तोलामा ५०० रुपैयाँले घटेको सुनको मूल्य हिजो सोमबार ४०० रुपैयाँ र आइतबार ६०० रुपैयाँले घटेको थियो । आज तोलामा ५०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो ।
सुनसँगै चाँदीको मूल्य समेत पछिल्लो तीन कारोबार दिनयता घट्दो अवस्थामा छ । आइतबार तोलामा २० रुपैयाँले घटेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले आज १५ रुपैयाँले घटेर कारोबारमा आएको हो । यससँगै, आज प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन चुलियो, ऐन जारी गर्न माग
-
सांसद घर्तीमगरको प्रश्न : निजामतीमा उदासिन सरकारलाई भूमि विधेयक ल्याउन किन हतार भयो ?
-
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश
-
जेनजी पुस्तालाई वर्षमान पुनका तीन सुझाव
-
जयपुरस्थित क्रिकेट स्टेडियमलाई बमले उडाउने धम्की