ब्लक इँटाको माग बढ्दै
दाङ । दाङमा पछिल्लो समय आधुनिक ब्लक इँटाको माग बढ्दै गएको छ । जिल्लामै आधुनिक इको ब्लक इँटा उत्पादन हुन थालेपछि यसको प्रयोगसँगै माग पनि बढ्दै गएको हो ।
ब्लक इँटाको महत्व बुझ्न थालेपछि यसको माग पनि बढ्दै गएको घोराही उपमहानगरपालिका–८ वनगाउँमा ईको ब्लक उद्योग सञ्चालक पीताम्बर शर्माले जानकारी दिनुभयो । विभिन्न व्यवसाय गर्दै आएका तीन युवाले जिल्लामै पहिलो आधुनिक ईको ब्लक इँटा उद्योग सञ्चालनमा ल्याएका हुन् ।
यसप्रकारको आधुनिक उद्योग जिल्लामा नै पहिलो रहेको सञ्चालकको जिकिर थियो । युवा व्यवसायी पीताम्बर शर्मा, कृष्णप्रसाद गौतम र पुष्पराज आचार्यले एक बिघा जग्गा भाडामा लिएर सञ्चालन गर्नुभएको सो उद्योगमा करिब रु तीन करोडभन्दा बढीको लगानी गरिएको छ ।
“उत्पादित सामग्री जिल्लाका साथै साविक राप्ती अञ्चलसम्म जाने गरेको छ । स्थानीय बजारमा पनि यसको माग राम्रो छ”, सञ्चालक शर्माले भने, “केही समयपछि माग भएका सबै स्थानसम्म ब्लक इँटा पुर्याउनेछौँ ।”
“इँटा तयार पार्नका लागि करिब २० दिन लाग्छ । उत्पादन हुनेबित्तिकै बजार पठाउन मिल्दैन । हामीले उत्पादन गरेको २० दिनपछि मात्र बजार वा माग गरिएका स्थानमा इँटा पठाउँछौँ दाङको बजारका साथै रोल्पा, प्यूठान, रुकुम, सल्यान तथा नजिकका जिल्लालाई लक्ष्य गरेर यो उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।
यस क्षेत्रमा यसप्रकारको उद्योग नभएकाले आफूहरूले लगानी गरेको र यसबाट जिल्ला बाहिर जाने रकम रोक्न सकिने सञ्चालकहरूको अपेक्षा थियो । जिल्लामा विगतदेखि नै सिमेन्टका ब्लक निर्माण गर्ने गरिए पनि स्वचालित (अटोमेटिक) मेसिनबाट हलो ब्लक, इन्टरलक ब्लक, सिएलसी ब्लक, पेवर ब्लक उत्पादन भइरहेकोे छ । आधुनिक खालको उपकरणबाट उत्पादन गरिएकाले यी इँटा वातावरणमैत्री, भूकम्प प्रतिरोधी र कम खर्चिलो रहेको उल्लेख गर्दै यस्तो इँटा साइज मिलेको हुनाका साथै काम छिटो हुने, सिमेन्ट र बालुवा कम खर्च हुने भएकाले करिब ३० प्रतिशत रकम बचत हुने उद्योग सञ्चालक शर्माले बताए ।
यो इँटा उत्पादनका लागि स्थानीय कच्चापदार्थ प्रयोग गरिएको, केमिकल मात्र भारतबाट ल्याउने गरिएको उल्लेख गर्दै सञ्चालक शर्माले साइजअनुसार फरकफरक मूल्यका इँटा प्रयोग गर्दा अन्य परम्परागतरूपमा माटोबाट बनाइएका इँटाभन्दा केही महँगो देखिए पनि घर निर्माण गर्दा लाग्ने कूल खर्चमा ३० देखि ४० प्रतिशत खर्च कम लाग्ने उल्लेख गरे । हाल सो उद्योगमा १२ जनाले रोजगार पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण