संसद्मा कानुन निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरूलाई जसपाको निर्देशन
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संसद्मा कानुन निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ । मंगलबार अपराह्न सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसद्को चालु अधिवेशनमा कानुन निर्माणको काममा केन्द्रित हुने गरी संसद्का आफ्नो सशक्त उपस्थिति देखाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएको हो ।
कानुन निर्माणको काममा पार्टीका सांसदहरूलाई केन्द्रित हुन बैठकले निर्देश गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिनुभयो । बैठकमा सांसदहरूलाई संसद्ले जारी गरेको क्यालेन्डरअनुसार उपस्थित हुन पनि सचेत गराएको थियो ।
प्रमुख सचेतक यादवले भने, ‘आज संसदीय दलको बैठकमा जुन हिउँदे अधिवेशन हिजोबाट सुरु भएको छ । त्यो अधिवेशनको बारेमा छलफल भयो । अरू समसामयिक विषय पनि छलफल भयो । अब हिउँदे अधिवेशनमा जनता समाजवादी पार्टीको भूमिका कस्तो रहने, जनता समाजवादी पार्टीका सांसदहरूको भूमिका कस्तो रहने ? अनि जनता समाजवादी पार्टीका सांसदहरूले अधिकभन्दा अधिक समितिहरूमा भाग लिएर विधेयकहरू बनाउने र संसद्मा चाहिँ अधिकभन्दा अधिक उपस्थित हुने यो विषयमा हाम्रो छलफल रह्यो । र, यही विषयमा हाम्रो निर्णयहरू पनि भयो । अव हिउँदे अधिवेशन सुरु भएको छ । हिउँदे अधिवेशनको जुन क्यालेन्डर जारी भएको छ । त्यो क्यालेन्डर अनुसार हामीले बढिभन्दा बढी उपस्थित हुने र विधेयकमा भाग लिने, कानुन बनाउन भाग लिने । अनि यो खास गरेर जनता समाजवादी पार्टीको जुन भूमिका हुन्छ । त्यो आफ्नो देखाउने । बैठकमा चुरे संरक्षणको विषयमा चर्चा भयो । अहिले सरकारले एउटा वन ऐन ल्याइराखेको छ । त्यो विषयमा पनि गम्भीर छलफल भयो ।’
बैठकमा सांसदहरू चुरे क्षेत्रको संरक्षणबारे चासो र चिन्ता पनि व्यक्त गरेका थिए । त्यसै गरी उनीहरूले सरकारले हालै ल्याएको वन ऐनका सम्बन्धमा पनि गम्भीर चासो लिएको पनि पार्टीका प्रमुख सचेतक यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण