क्यूआर कोडबाट थाहा हुन्छ वडाभरिको लोकेसन, प्रत्येक चोकमा नम्बरिङ
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का सबै चोकलाई नम्बरिङ गरिएको छ । अब क्यूआर मार्फत चाहेको ठाउँमा पुग्न सकिने भएको छ । स्मार्ट सिटीको अवधारणा अनुसार चोक चोकमा नम्बर टाँसिएको र क्युआर मार्फत चाहेको ठाउँमा जान मिल्ने नक्सा बनाइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
‘गुगल प्लस र क्यूआर स्क्यान गरेपछि पूरा लोकेसन म्याप देखिन्छ । वडामा आउने नागरिक अलपत्र पर्नुपर्ने अवस्था हुँदैन,’ उनले भने, ‘हामी स्मार्ट सिटी निर्माणको प्रयासमा छौँ । सकेसम्म सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराइन्छ ।’
नापी कार्यालय कास्कीको सहयोगमा वडाले ठाउँ पत्ता लगाउन गुगल प्लस र क्युआर स्क्यान राखेको हो । ९२ वटा बोर्ड टाँगिएको र अझै थप्ने योजना रहेको बरालले बताए । ‘लोकेसन अब मोबाइलले बताउँछ । क्युआर सहितको व्यवस्था सम्भवतः नेपालमै पहिलो होला,’ उनले भने । पोखराका अन्य वडामा पनि अहिले चोक नम्बरिङ गर्ने चलन बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा साहसिक पर्यटनको आकर्षण : भारतीय र बङ्गलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा कडा
-
रुसी आक्रमणमा आठ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कतारका पूर्वराजाको निधन
-
जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण