शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

क्यूआर कोडबाट थाहा हुन्छ वडाभरिको लोकेसन, प्रत्येक चोकमा नम्बरिङ

मङ्गलबार, २३ माघ २०८०, १९ : ५३
मङ्गलबार, २३ माघ २०८०

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का सबै चोकलाई नम्बरिङ गरिएको छ । अब क्यूआर मार्फत चाहेको ठाउँमा पुग्न सकिने भएको छ । स्मार्ट सिटीको अवधारणा अनुसार चोक चोकमा नम्बर टाँसिएको र क्युआर मार्फत चाहेको ठाउँमा जान मिल्ने नक्सा बनाइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

‘गुगल प्लस र क्यूआर स्क्यान गरेपछि पूरा लोकेसन म्याप देखिन्छ । वडामा आउने नागरिक अलपत्र पर्नुपर्ने अवस्था हुँदैन,’ उनले भने, ‘हामी स्मार्ट सिटी निर्माणको प्रयासमा छौँ । सकेसम्म सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराइन्छ ।’

नापी कार्यालय कास्कीको सहयोगमा वडाले ठाउँ पत्ता लगाउन गुगल प्लस र क्युआर स्क्यान राखेको हो । ९२ वटा बोर्ड टाँगिएको र अझै थप्ने योजना रहेको बरालले बताए । ‘लोकेसन अब मोबाइलले बताउँछ । क्युआर सहितको व्यवस्था सम्भवतः नेपालमै पहिलो होला,’ उनले भने । पोखराका अन्य वडामा पनि अहिले चोक नम्बरिङ गर्ने चलन बढ्दो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप