प्रगतिशील नेपाली समाज समिति भारतले १३ बुँदे मागसहित प्रधानमन्त्रीसमक्ष बुझायो ज्ञापनपत्र
काठमाडौँ । प्रगतिशील नेपाली समाज समिति (भारत)ले भारतमा बसोबास गरिरहेका नेपालीहरूलाई निः शुल्क शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाहरू उपलब्ध हुनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन पत्र बुझाएको छ । प्रगतिशील नेपाली समाजका अध्यक्ष लोकेन्द्र सेर्पाली, अलइन्डिया तिनितेक्वान्दो हेड कोच प्रकाश जैगडि, पत्रकार प्रभाकार ढगेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भारतमा रहेका नेपालीहरूको विभिन्न समस्याबारे १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
भारतमा रहेका नेपालीहरूलाई निःशुल्क शिक्षा, स्वास्थ्यलगायत निःशुल्क आवास, रोजगार, उद्योग बन्द व्यापार, आधार कार्ड व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । त्यसैगरी भारतको राज्य गोवा र काठमाडौँबिच हवाई सेवा र पर्यटन व्यवसाय गर्न सम्झौता हुनुपर्ने उनीहरूको सुझाव छ ।
त्यसैगरी भारतमा बस्ने नेपालीहरूलाई पर्यटन प्रवर्द्धन दूतको रूपमा नेपाल सरकारले नियुक्ति दिनुपर्ने उनीहरूको माग छ । नेपाली ड्राइभर लाइसेन्स भारतमा पनि मान्यता पाहुनु पर्ने पहल गर्न पनि भनिएको छ।
नेपाली नम्बर प्लेट भएको गाडी सजिलैसँग आवत–जावत गर्न पाउने व्यवस्था मिलाउन र भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूलाई अध्ययनपछि रोजगारीको ग्यारेन्टी गर्न समेत ज्ञापन पत्रमार्फत भनिएको छ । यसका साथै भारतमा बस्ने नेपाली छात्र छात्राका लागि छुट्टै नेपाली विषय पढाइ हुनुपर्ने र त्यसका लागि नेपाल सरकारले पहल गरिदिनुपर्ने भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण