शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रगतिशील नेपाली समाज समिति भारतले १३ बुँदे मागसहित प्रधानमन्त्रीसमक्ष बुझायो ज्ञापनपत्र

बुधबार, २४ माघ २०८०, १० : ०७
बुधबार, २४ माघ २०८०

काठमाडौँ । प्रगतिशील नेपाली समाज समिति (भारत)ले भारतमा बसोबास गरिरहेका नेपालीहरूलाई निः शुल्क शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाहरू उपलब्ध हुनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन पत्र बुझाएको छ । प्रगतिशील नेपाली समाजका अध्यक्ष लोकेन्द्र सेर्पाली, अलइन्डिया तिनितेक्वान्दो हेड कोच प्रकाश जैगडि, पत्रकार प्रभाकार ढगेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भारतमा रहेका नेपालीहरूको विभिन्न समस्याबारे १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

भारतमा रहेका नेपालीहरूलाई निःशुल्क शिक्षा, स्वास्थ्यलगायत निःशुल्क आवास, रोजगार, उद्योग बन्द व्यापार, आधार कार्ड व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । त्यसैगरी भारतको राज्य गोवा र काठमाडौँबिच हवाई सेवा र पर्यटन व्यवसाय गर्न सम्झौता हुनुपर्ने उनीहरूको सुझाव छ ।

त्यसैगरी भारतमा बस्ने नेपालीहरूलाई पर्यटन प्रवर्द्धन दूतको रूपमा नेपाल सरकारले नियुक्ति दिनुपर्ने उनीहरूको माग छ । नेपाली ड्राइभर लाइसेन्स  भारतमा पनि मान्यता पाहुनु पर्ने पहल गर्न पनि भनिएको छ।

नेपाली नम्बर प्लेट भएको  गाडी सजिलैसँग  आवत–जावत गर्न पाउने व्यवस्था मिलाउन र भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूलाई अध्ययनपछि रोजगारीको ग्यारेन्टी  गर्न समेत ज्ञापन पत्रमार्फत भनिएको छ । यसका साथै भारतमा बस्ने नेपाली छात्र छात्राका लागि छुट्टै नेपाली विषय पढाइ हुनुपर्ने र त्यसका लागि नेपाल सरकारले पहल गरिदिनुपर्ने भनिएको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप