मैत्रीपूर्ण खेलका लागि चिनियाँ युवा फुटबल टोली नेपालमा
बुधबार, २४ माघ २०८०, १८ : १०
काठमाडौँ । चीनको चिङ्घाई फुटबल क्लबको युवा टोली नेपाल भ्रमणमा आएको छ । नेपालको युवा फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न चीनको चिङ्घाई फुटबल क्लबको युवा टोली बुधबार नेपाल आइपुगेको हो ।
चिनियाँ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ ( एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा माघ २७ गते नेपाल र चीनको युवा टोलीबिच मैत्रीपूर्ण खेल हुनेछ ।
दुवै देशका युवा टोलीबिच मैत्रीपूर्ण खेल चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको हो । प्रतियोगिताको सह–आयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण