‘रामायण’का लागि बोल्ने लवज सिक्दै रणवीर कपूर
मुम्बइ । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’को अहिले बलिउडमा राम्रै चर्चा छ । अभिनेता रणवीर कपूर यो फिल्ममा ‘राम’ चरित्रमा देखिँदै छन् । तर समय–समयमा ‘सीता’को भूमिकालाई लिएर अभिनेत्रीको नाम टुङ्गो लागिसकेको छैन ।
फिल्मका लागि रणवीरले निकै मेहनत गरिरहेका छन् । फिल्मको सुटिङ सुरु हुनु अघि रणवीर आफ्नो पूर्वाभ्यास गरिरहेका छन् । फिल्मका लागि नितेशको टिमले एक डिक्सन (बोल्ने लवज) र संवाद विभाग बनाएका छन्, जुन विभागले केवल ‘रामायण’का लागि मात्र काम गर्नेछ । अर्थात् अभिनेतालाई बोल्ने तरिका र संवाद सिकाउनका लागि यो टिमले काम गर्नेछ ।
यतिमात्र होइन, ‘रामायण’मा कलाकारले लगाउने पहिरन बनाउन पनि जोडतोडका साथ काम भइरहेको छ । फिल्मका प्रमुख कलाकार कस्तो देखिनेछन् भनेर टिमले अध्ययनको पनि काम गरिरहेको छ ।
नितेशले रणवीरका लागि एक संवाद विशेषज्ञ नै राखेका छन्, जसले संवाद सही तरिकाले बोल्न र भूमिकालाई सही ढङ्गले प्रस्तुत गर्न सिकाइरहेका छन् । फिल्मकै लागि रणवीरले घण्टौँसम्म संवाद पढिरहेका छन् र नितेशलाई भ्वाइस रेकर्ड गरेर नियमित रूपमा पठाइरहेका छन् ।
ठुलो क्यानभास र बजेटमा निर्माण हुने यो फिल्ममा विशेष इफेक्टका साथ भीएफएक्सको राम्रो प्रयोग हुनेछ । यो फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा रिलिज गरिनेछ ।
फिल्ममा रणवीर ‘राम’ फाइनल भइरहँदा जान्हवी कपूर ‘सीता’को रूपमा देखिने चर्चा छ । फिल्ममा साउथ अभिनेता यश ‘रावण’को भूमिकामा देखिने चर्चा उत्तिकै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण