पहिचानवादी र कोशी प्रदेश सरकारबिच वार्ताको तयारी
विराटनगर । कोशी प्रदेश सरकार र पहिचानवादी प्रतिनिधिबिच वार्ता गर्ने तयारी गरिएको छ । पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत संयुक्त सङ्घर्ष समिति तयार भएपछि वार्ता हुने भएको हो ।
केही समयअघि कोशी प्रदेश सरकारले वार्ताका पत्र पठाएको थियो । उक्त पत्रको जवाफमा समितिले कुनै प्रतिक्रिया दिएको थिएन । समितिले बुधबार सरकारसँग वार्ता गर्ने निर्णय लिएपछि अब वार्ता हुने निश्चित भएको हो ।
सङ्घर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमका अनुसार समितिले सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ । बिहीबार वा शुक्रबार वार्तामा बस्ने तयारी भएको उनले बताएका छन् । कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो । टोलीमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिवको रूपमा छन् ।
सङ्घर्ष समितिका तर्फबाट भने वार्ताका लागि औपचारिक टोलीबारे जानकारी दिइएको छैन । कोशी प्रदेशसभाले गत वर्ष फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो । उक्त नाम पहिचानयुक्त नभएको भन्दै पहिचानको आधारमा नामकरण गर्न माग पहिचानवादीले गरेका थिए ।
प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित उनीहरुले आन्दोलन गर्दै आएका छन् । आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबिच पटक पटक झडप भएका थिए । त्यस क्रममा आन्दोलनकारीमध्ये एक जनाको मृत्यु पनि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण