क्याम्पस प्रमुखको कुर्सी किन रूखमा झुण्ड्याइयो ?
काठमाडौँ । गत मंगलबार सानोठिमी क्याम्पसका विद्यार्थीहरूले क्याम्पस प्रमुखको कुर्सी रूखमा झुण्ड्याइदिए । नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले क्याम्पस प्रमुख जगतकृष्ण पोखरेलको कुर्सी रूखमा झुण्ड्याइदिएका थिए ।
विद्यार्थी संगठनहरूले रूखमा झुण्ड्याएको कुर्सी त्यही दिन साँझ स्ववियुले निकालिदियो । त्यसपछि आन्दोलनरत विद्यार्थी संगठनहरूले क्याम्पस प्रशासनमा ताला लगाए ।
बुधबार क्याम्पस प्रशासनमा ताला लगाएपछि संयुक्त विद्यार्थी संगठन, स्ववियु र क्याम्पस प्रशासनबिच सहमति भयो । सहमतिपछि क्याम्पसको ताला खोलिएको थियो ।
क्याम्पसको होस्टेलमा गैरविद्यार्थी बसिरहेको भन्दै उनीहरू हटाउनुपर्ने माग विद्यार्थीहरूले राखेका थिए । स्नातकको पढाइ सकेर स्नातकोत्तरमा भर्ना नभएका र स्नातकोत्तर पढाइ सकेका विद्यार्थी नियम विपरीत होस्टेलमा बसेको भन्दै विद्यार्थीहरुले हटाउन क्याम्पस प्रशासनलाई दबाब दिँदै आएका थिए । क्याम्पस प्रशासनले पटकपटक सम्झौता गर्ने तर कार्यान्वयन नगरेको भन्दै उनीहरूले मंगलबार क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर झुन्ड्याएका थिए ।
त्यसपछि स्ववियुले मंगलबार साँझ नै क्याम्पस प्रमुखको कुर्सी रुखबाट झारेको थियो ।
स्ववियु सभापति रेशमलाल श्रेष्ठले आन्दोलनरत विद्यार्थी संगठनहरू, स्ववियु र क्याम्पस प्रशासनबिच सहमति भइसकेको बताए । १० दिनभित्र होस्टल व्यवस्थापन गर्ने सहमति भएपछि ताला खोलिएको उनको भनाइ छ ।
८० जना क्षमता भएको सानोठिमी क्याम्पसको छात्राबासमा हाल ४८ जना बस्दै आएका छन् । २०७२ सालको भूकम्पपछि पूर्णरुपमा बन्द भएको थियो । पछि मर्मत सम्भार गरेर ४८ जना क्षमता बराबरको होस्टल सञ्चालनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण