विनोद चौधरीविरुद्ध मोहन वैद्यनिकट विद्यार्थीले गरे प्रदर्शन
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले उद्योगी विनोद चौधरीविरुद्ध प्रदर्शन गरेको छ । चौधरी समूहले बाँसबारी छाला जुत्ता कारखानाबाट गैर–कानुनी रूपमा जग्गा हडपेको भन्दै चौधरीविरुद्ध प्रदर्शन गरेको हो ।
चौधरी समूहले हडपेको १० रोपनी जग्गामा सञ्चालित सीजी चाँदबाग स्कुललाई राष्ट्रियकरण गर्न माग अखिल क्रान्तिकारीको माग छ । बिहीबार चाँदबाग स्कुल अगाडि प्रदर्शन गर्दै उक्त स्कुल र सीजी ग्रुपलाई तत्काल राष्ट्रियकरण गर्न माग गरेको हो । ग्रुपका अध्यक्ष चौधरीलाई तत्काल गिरफ्तार गर्न समेत माग गरेको छ ।
अखिल क्रान्तिकारीका बागमती प्रदेश संयोजक उषाकिरण आजादले कौडीको मूल्यमा यो जग्गा विनोद चौधरीलाई बेचिएको बताए । चौधरीलाई सरकारले गिरफ्तार नगरे आफ्नो सङ्गठनले गिरफ्तार गरेर कारबाही गर्ने चेतावनी समेत दिए । चौधरीले जबरजस्ती हडपेको जग्गा फिर्ता गर्न ‘अकुपाई चाँदबाग’ को अभियान चलाएको उनको भनाइ छ ।
_ETcNjOM5ct.jpg)
प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक वीरेन्द्र शाहले चौधरीलाई जनकारबाही गर्न आफूहरू तयार रहेको बताए । पहिलो चरणमा आफूहरूले सङ्घर्ष गर्ने र त्यसपछि पनि जग्गा फिर्ता भएर विनोद चौधरीलाई कारबाही गरिएन भने दोस्रो चरणमा जनकारबाही गरिने उनले चेतावनी दिए ।
यसअघि उसका भाइ अरुण चौधरीलाई रिहा गर्न आदेश दिएको भन्दै अदालतविरुद्ध समेत प्रदर्शन गरेका थिए । बुधवार काठमाडौँ जिल्ला अदालत अगाडि अखिल क्रान्तिकारीले प्रदर्शन गरेको थियो ।
सरकारी जमिन लुट्ने अरुण चौधरी लगायतलाई अनुसन्धान नै नगरी थुनामुक्त गरेको भन्दै अदालतविरुद्ध समेत प्रदर्शन गरिएको आजादले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण