शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने एकीकृत समाजवादीको निर्णय

बिहीबार, २५ माघ २०८०, २१ : २१
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अद्यावधि र विस्तार गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी महाधिवेशनका लागि २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो । 

यस्तै आगामी फागुन मसान्तसम्म दस्ताबेज तयार गर्ने, महाधिवेशनमा कामका आधारमा (सदस्यता, नवीकरण, संगठन विस्तार आदी) १० जिल्लालाई सम्मानित गर्ने निर्णय गरिएको प्रचार विभागले जनाएको छ । 

यस्तै माघ २५ देखि चैत २५ गतेसम्म संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने एकीकृत समाजवादीले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप