चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने एकीकृत समाजवादीको निर्णय
बिहीबार, २५ माघ २०८०, २१ : २१
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अद्यावधि र विस्तार गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी महाधिवेशनका लागि २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो ।
यस्तै आगामी फागुन मसान्तसम्म दस्ताबेज तयार गर्ने, महाधिवेशनमा कामका आधारमा (सदस्यता, नवीकरण, संगठन विस्तार आदी) १० जिल्लालाई सम्मानित गर्ने निर्णय गरिएको प्रचार विभागले जनाएको छ ।
यस्तै माघ २५ देखि चैत २५ गतेसम्म संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने एकीकृत समाजवादीले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण