राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी छोड्दैन : प्रवक्ता सापकोटा
काठमाडौँ । फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोड्ने सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । यस विषयमा शुक्रवार दिउँसो बस्ने स्थायी समिति बैठकमा पनि छलफल हुने उनले जानकारी दिए ।
फागुनको पहिलो हप्ता प्रज्ञा भवनमा हुने विधान अधिवेशनका एजेन्डा तय गर्न माओवादीले दिउँसो ३ बजे स्थायी समिति बैठक बोलाएको छ । आजको बैठकमा मस्यौदा विधान पेस गर्नुको साथसाथै अध्यक्षले समसामयिक राजनीतिका सम्बन्धमा आफ्ना धारणा राख्ने सापकोटाले बताए ।
‘मूलतः स्थायी समिति बैठकमा मस्यौदा विधानबारे छलफल हुन्छ । साथै आजको बैठकमा अध्यक्षले समसामयिक राजनीतिबारे आफ्ना धारणा राख्नुहुन्छ । राष्ट्रियसभामा रिक्त हुने अध्यक्षमा माओवादीको दाबी रहन्छ । संवैधानिक परिषदमा शून्य हुने स्थिति आउन दिने छैन’, रातोपाटीसँग कुराकानी गर्दै सापकोटाले भने ।
माओवादीले मस्यौदा विधानमाथि छलफल गरी परिमार्जनसहित पारित गर्न शुक्रवार र शनिवार स्थायी समिति बैठक राखेको छ । माओवादीले चार महिने विशेष रूपान्तरण अभियानबारे समीक्षा गर्न २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण