शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नभादाको ककसमा ट्रम्पको शानदार जित

शुक्रबार, २६ माघ २०८०, १३ : ३४
शुक्रबार, २६ माघ २०८०

वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नभादामा भएको ककसमा शानदार जित हासिल गरेका छन् । मत बाकसमा ट्रम्पका प्रतिद्वन्द्वी पादरी एवम् व्यवसायी र्यान बिङ्क्ले थिए । मतदानमा ट्रम्पले ९८ प्रतिशतभन्दा धेरै मत पाएको प्रारम्भिक नतिजाले देखाएको थियो ।

जितपछि आयोजित पार्टीलाई सम्बोधन गर्दै उनले यो राज्यमा आफूहरूले जित हासिल गरे नोभेम्बरको चुनाव सहजै जित्ने बताए ।  ट्रम्पले यसअघि आइओवा र न्यू ह्याम्पशायरको ककसमा पनि जित हात पारिसकेका थिए । यो जितसँगै ट्रम्प नोभेम्बरको निर्वाचनमा दलको मुख्य प्रत्याशी बनेका छन् ।

उनले यसअघि भर्जिन टापुमा भएको ककसमा पनि जितिसकेका छन् । यस निर्वाचनमा साउथ क्यारोलिनाकी गभर्नर निक्की हेली ट्रम्पको कट्टर प्रतिस्पर्धीको रूपमा देखिएकी थिइन् । तर नभादाको ककसमा भने हेली सहभागी भइनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप