रजनीकान्तको पारिश्रमिक : ४० मिनेटको दृश्यमा प्रति मिनेट १ करोड रुपैयाँ
मुम्बई । फिल्म ‘जेलर’को बम्पर सफलतापछि कलिउड सुपरस्टार रजनीकान्त पुनः एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुगेका छन् ।
७३ वर्षको उमेरमा पनि ‘थलाइवा’को जादु दर्शकका लागि प्रतिक्षा बनिरहन्छ । उनी नयाँ फिल्म ‘लाल सलाम’का साथ शुक्रबारबाट थिएटरमा पुगेका छन् ।
यो फिल्म हेर्न दर्शकको उपस्थिति उल्लेख्य छ । दर्शकले फिल्मलाई पूर्ण नम्बर लिएर तारिफ गरिरहेका छन् ।
यतिबेला फिल्म वृत्तमा फिल्मको चर्चा सँगै रजनीकान्तको पारिश्रमिकको चर्चा पनि व्यापक छ । समाचार अनुसार रजनीकान्तले यो फिल्मका लागि प्रति मिनेट १ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् । फिल्ममा उनको ‘एक्सटेन्डेड केमियो’ छ ।
रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशनमा बनेको यो फिल्ममा रजनीकान्तको ४० मिनेट ‘एक्सटेन्डेड केमियो’ छ ।
यो हिसाबले उनले फिल्ममा केमियो भूमिकाकै लागि ४० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् ।
रजनीकान्त कलिउडका टप पेड एक्टर हुन् । उनी एक फिल्मका लागि १ सय करोड देखि १ सय ५० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन् ।
उनले लोकेश कनगराजको नयाँ फिल्मका लागि २ सय ५० करोड पारिश्रमिक लिने तयारी गरिरहेका छन् ।
रजनीकान्तले फिल्म ‘जेलर’को सफलतापछि पारिश्रमिक बढाएको कलिउड वृत्तमा चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण