रजनीकान्तको पारिश्रमिक : ४० मिनेटको दृश्यमा प्रति मिनेट १ करोड रुपैयाँ

मुम्बई । फिल्म ‘जेलर’को बम्पर सफलतापछि कलिउड सुपरस्टार रजनीकान्त पुनः एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुगेका छन् ।
७३ वर्षको उमेरमा पनि ‘थलाइवा’को जादु दर्शकका लागि प्रतिक्षा बनिरहन्छ । उनी नयाँ फिल्म ‘लाल सलाम’का साथ शुक्रबारबाट थिएटरमा पुगेका छन् ।
यो फिल्म हेर्न दर्शकको उपस्थिति उल्लेख्य छ । दर्शकले फिल्मलाई पूर्ण नम्बर लिएर तारिफ गरिरहेका छन् ।
यतिबेला फिल्म वृत्तमा फिल्मको चर्चा सँगै रजनीकान्तको पारिश्रमिकको चर्चा पनि व्यापक छ । समाचार अनुसार रजनीकान्तले यो फिल्मका लागि प्रति मिनेट १ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् । फिल्ममा उनको ‘एक्सटेन्डेड केमियो’ छ ।
रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशनमा बनेको यो फिल्ममा रजनीकान्तको ४० मिनेट ‘एक्सटेन्डेड केमियो’ छ ।
यो हिसाबले उनले फिल्ममा केमियो भूमिकाकै लागि ४० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् ।
रजनीकान्त कलिउडका टप पेड एक्टर हुन् । उनी एक फिल्मका लागि १ सय करोड देखि १ सय ५० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन् ।
उनले लोकेश कनगराजको नयाँ फिल्मका लागि २ सय ५० करोड पारिश्रमिक लिने तयारी गरिरहेका छन् ।
रजनीकान्तले फिल्म ‘जेलर’को सफलतापछि पारिश्रमिक बढाएको कलिउड वृत्तमा चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगकाे फाइनलमा पुग्यो पोर्चुगल
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री