सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

कप्तान रोहितले लिए एकै ओभरमा दुई विकेट

शनिबार, २७ माघ २०८०, ११ : ५८
शनिबार, २७ माघ २०८०

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले चौथो विकेट गुमाएको छ । क्यानडाको चौथो विकेट पनि कप्तान रोहित पौडेलले लिएका हुन् । 

उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस कीर्तनलाई २० रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् । 

निकोलस कीर्तनले पेभेलियन फर्किनुअघि २९ बलमा दुई चौका हिर्काएका थिए । ३१।५ ओभरमा कीर्तन आउट हुँदा क्यानडाले एक सय ८० रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप