केरुङ र तातोपानी नाकामा अन्तर्राष्ट्रिय क्वारेन्टाइन ल्याव राख्न आवश्यक छ : अध्यक्ष मल्ल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ नाकालाई आयातमुखी भन्दा पनि निर्यात प्रवद्र्धनको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौँमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष मल्लले यस्तो बताएका हुन् ।
उनले केरुङ र तातोपानी नाकालाई निर्यात प्रवद्र्धनको रुपमा विकास गर्न दुवै नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याव सरकारले राख्न आवश्यक रहेको बताए । अध्यक्ष मल्लले दुवै नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याव सरकारले राख्नसाथ नेपालको निर्यात प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । उनले क्वारेन्टाइनको अभावका कारण सामान गुणस्तर नहुने भन्दै नेपाली सामान चीनले निर्यात गर्न नचाहेको बताए ।
‘चिनियाँ नाका हुँदै व्यवसाय गर्ने व्यवसायीहरुले आयातको साथै नेपालमा उत्पादित वस्तुहरुको निर्यातमा लाग्न आवश्यक छ । चिनियाँ नाकाबाट आयात मात्रै नभएर निर्यात प्रवद्र्धनका लागि केरुङ र तातोपानी नाकामा अन्तर्राष्ट्रिय क्वारेन्टाइन ल्याव राख्न आवश्यक छ । त्यो हुने बित्तिकै नेपालको निर्यात प्रवद्र्धन हुन्छ’ अध्यक्ष मल्लले भने, ‘क्वारेन्टाइनको अभावका कारण सामान गुणस्तर नहुने भनेर नेपाली सामान लिन मानेको छैन । यसमा नेपाल सरकारको ध्यान जान आवश्यक छ ।’
उनले दुईवटा नाकाबाट धेरै चिनियाँ पर्यटकहरु नेपालमा आउने गरेको भन्दै नाका प्रयोग गरेर नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई सहज बनाउन आवश्यक रहेको बताए । उनले नाकाहरुलाई पर्यटन आगमनको प्रवेश बिन्दुको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘दुईवटा नाकाबाट धेरै चिनियाँ पर्यटकहरु नेपालमा आउने गरेका छन् । नाका प्रयोग गरेर नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई सहज बनाउनु पर्छ । पर्यटकहरुले नाकामा समस्या भोग्नुपरेका गुनासाहरु आउने गरेको छ । नाकाहरुलाई पर्यटन आगमनको प्रवेश बिन्दुको रुपमा पनि लिन सकिन्छ ।’
नेपाल चीनसँग १ खर्ब ४५ अर्ब व्यापार घाटामा रहेको समेत उनले बताए । अग्रवालले भने, ‘पर्यटन प्रवद्र्धन र नेपाली जडिबुटीजन्य वस्तुहरुको निर्यात गर्न सकियो भने चीनसँगको व्यापार घाटा कम गर्न सक्छौं । चीनसँग नेपालले अर्बमा गरिरहेको निर्यात खर्बमा पुग्न सक्छ । सरकारले समयमा ऐन नियमहरु समयमा बनाएर जानुपर्छ । केरुङ र तातोपानी नाका जोड्ने सडक मार्गलाई ४ लेन बनाउन आवश्यक छ ।’
उनले चीनसँग नेपालको १ खर्ब ४५ अर्ब व्यापार घाटामा रहेको भन्दै पर्यटन प्रवद्र्धन र नेपाली जडिबुटीको निर्यात गर्नसके मात्रै पनि चीनसँगको व्यापार घाटा कम गर्न सकिने दाबी गरे । उनले चीनसँग नेपालले अर्बमा गरिरहेको निर्यात खर्बमा पु¥याउन सरकारले समयमा ऐन नियमहरु बनाएर जानुपर्नेमा जोड दिए । उनले केरुङ र तातोपानी नाका जोड्ने सडक मार्गलाई ४ लेन बनाउन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण