सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

रोहितलगत्तै पवनलाई पनि गुमायो नेपालले, जितका लागि १९ रन आवश्यक

शनिबार, २७ माघ २०८०, १६ : २०
शनिबार, २७ माघ २०८०

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटका रुपमा कप्तान रोहित पौडेल ८७ रन बनाउँदै आउट भएका हुन् । 

रोहितले पेभेलियन फर्किनुअघि एक सय एक बलको सामना गरी चार छक्का र आठ चौका पनि हिर्काएका थिए । उनको विकेट क्यानडाका बलर साद बिन जाफरले लिएका हुन् । जाफरले उनलाई विकटकिपर श्रेयष मोभाद्वारा क्याच गराएका थिए । ४०.२ ओभरमा रोहित आउट हुँदा नेपालले दुई सय ६१ रन बनाएको थियो ।

यसैगरी नेपालले छैटौँ विकेटका रुपमा पवन सर्राफलाई गुमाएको थियो । पवन १४ रन बनाउँदै आउट भएका हुन् । उनलाई क्यानडाका बलर ठाकेरले विकेटकिपर मोभाद्वारा क्याच गराएका थिए । ४१.५ ओभरमा पवन आउट हुँदा नेपालले दुई सय ६७ रन बनाएको थियो । नेपाललाई जितका लागि १९ रन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप