एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट
रोहितलगत्तै पवनलाई पनि गुमायो नेपालले, जितका लागि १९ रन आवश्यक
शनिबार, २७ माघ २०८०, १६ : २०
काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटका रुपमा कप्तान रोहित पौडेल ८७ रन बनाउँदै आउट भएका हुन् ।
रोहितले पेभेलियन फर्किनुअघि एक सय एक बलको सामना गरी चार छक्का र आठ चौका पनि हिर्काएका थिए । उनको विकेट क्यानडाका बलर साद बिन जाफरले लिएका हुन् । जाफरले उनलाई विकटकिपर श्रेयष मोभाद्वारा क्याच गराएका थिए । ४०.२ ओभरमा रोहित आउट हुँदा नेपालले दुई सय ६१ रन बनाएको थियो ।
यसैगरी नेपालले छैटौँ विकेटका रुपमा पवन सर्राफलाई गुमाएको थियो । पवन १४ रन बनाउँदै आउट भएका हुन् । उनलाई क्यानडाका बलर ठाकेरले विकेटकिपर मोभाद्वारा क्याच गराएका थिए । ४१.५ ओभरमा पवन आउट हुँदा नेपालले दुई सय ६७ रन बनाएको थियो । नेपाललाई जितका लागि १९ रन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण